Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल प्रहरीहरुले सञ्चालन गरेको पेट्रोल पम्प २४ सै घण्टा खुला राख्न निर्देशन दिए : गृहमन्त्री लामिछाने

नेपाल प्रहरीहरुले सञ्चालन गरेको पेट्रोल पम्प २४ सै घण्टा खुला राख्न निर्देशन दिए : गृहमन्त्री लामिछाने

जोईन खबर

८, चैत्र २०८०
  • 1.0K
    SHARES
  • नेपाल प्रहरीहरुले सञ्चालन गरेको पेट्रोल पम्प २४ सै घण्टा खुला राख्न निर्देशन दिए  :  गृहमन्त्री लामिछाने

    ८ चैत काठमाडौँ । रातीको समयमा सवारी साधन चलाउने नागरिकहरुलाई सहज हुुने भनि २४ सै घण्टा पेट्रोल पम्प खुला राख्निे भएको छ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प हिजो चैत ७ देखि लागु हुने गरी २४ सै घण्टा खुला गरिने भएको हो ।

    images

    नयाँ गठबन्धानबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हलचोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो। 

    images
    images
    images

    यस भन्दा अघि नेपाल प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्प बिहान देखि बेलुका ११ बजेसम्म र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको पेट्रोल पम्प   बिहान देखि बेलुका १० बजेसम्म खुला हुने गरेको थियो, भने हिजो देखि गृहमन्त्रीको  निर्देशनअनुसार २४ सै घण्टा खुल्ला हुने भनि सार्वजानिक गरिएको हो ।

    प्रकाशित मिति :चैत्र ८, २०८० बिहिवार - १५:२६:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको