८ चैत काठमाडौँ । अब केहि समय पछि दलित समुदायबाट एक जना मन्त्री बनाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। उनले आज अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू सामाजिक न्याय र समानताको पक्षमा रहेको बताउदै विभिन्न ठाउँमा जिम्मेवारी लिएका छन्।
यस पटक पनि मन्त्री हुन्छ एउटा ठाउँ छ त्यहाँ। यस पटक पनि मन्त्री हुन्छ। पहिले पहिले पनि मन्त्री हुने गरेका थिए। सबै जाति सबै समुदायबाट सबै सधैँ नपर्न पनि सक्छन्।उनले पार्टी सचिवालयमा पनि एक जना दलित समुदायको सहभागिता रहेको बताए।