Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज बागमती प्रदेशसहित केही प्रदेशमा दिउँसो देखि बर्षा हुने सम्भावना

आज बागमती प्रदेशसहित केही प्रदेशमा दिउँसो देखि बर्षा हुने सम्भावना

जोईन खबर

९, चैत्र २०८०
  • 742
    SHARES
  • आज  बागमती  प्रदेशसहित केही प्रदेशमा दिउँसो देखि बर्षा हुने  सम्भावना

    ९ चैत काठमाडा्ैँ । आज  बागमती  प्रदेशसहित केही प्रदेशमा दिउँसो देखि बर्षा हुने  सम्भावना रहेको छ ।   हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको तथा उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात भइरहेको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । आज दिउँसो ३ बजेपछि काठमाडौं उपत्यकामा वर्षा हुनेछ । साँझ करिव छ बजेसम्म उपत्यकामा वर्षाको सम्भावना देखिएको हो ।आज राति भने देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

    प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - ०७:०१:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको