Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको काहुलेमा लिफ्टिङ खानेपानी वितरणको सुरुवात

गोरखाको काहुलेमा लिफ्टिङ खानेपानी वितरणको सुरुवात

जोईन खबर

९, चैत्र २०८०
  • 718
    SHARES
  • गोरखाको काहुलेमा  लिफ्टिङ खानेपानी वितरणको सुरुवात

    ९ चैत काठमाडौँ । गोरखाको शहीदलखन गाउँपालिका वडा न –५ काहुलेमा सोलार फिटिङबाट लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न  गरिएको छ । गाउँपालिकाको १८ लाख ९४ हजार र रिन्यूयवल वल्ड नेपाल नामक संस्थाको २५ लाखको सयुक्त लागतमा आयोजना निर्माण भएको हो । गाउँपालिकाको आर्थिक प्राविधिकको सहयोग र गोरेटो गोरखाले समेत सहजिकरण गरेको थियो ।

    images

    आयोजनाबाट करिव ४४ घरधुरीले सेवा पाउने गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष यमबहादुर राना मगरले जानकारी दिनु भयो । उक्त कार्य सम्पन्न संगै हिजो बुधवार एक कार्यक्रमका बीचमा आयोजनाको उद्घाटन गरिएको हो । यस आयोजनाको उद्घाटन  गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी र गाउँपालिका प्रमुख प्रशासकीय अघिकृत बाबुराम मगरले संयुक्त रुपमा गरेका हुन् । 

    images
    images
    images

     वडा  नम्वर ५ काअध्यक्ष यमबहादुर राना मगरले भने यो आयोजना  सम्पन्न भएसँगै गाउँलेहरुलाई खानेपानी वितरण गर्न सहज हुने  समेत बताएका थिए । बिजुलीबाट भन्दा सोलारबाट कम खर्चिलो  हुनुको साथै गाउँमा बिजुली नआउँदा पनि  सोलार  प्रयोग गरि पानी वितरण गर्न सहज  हुने बताए ।

    प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - १०:४६:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको