९ चैत काठमाडौँ । गोरखाको भिमसेन थापा गाउँपालिका–८ घाटवेशी र वडा नम्वर ४ बालिमटार जोड्ने गरि तान्द्राङ खोलामाथि बेलिब्रिज पुल चार महिनामै सम्पन्न भएको छ । गाउँपालिकाले बेनिघाट आरुघाट लार्के सडकखण्ड अन्तरगत पर्ने उक्त खोलामाथि २४.४ मिटर लम्वाईको बेलिब्रिज निर्माण भएको हो । गोरखा सडक योजनाले जलप होम जेभीसँग २०८० मंसिर १५ गते एक बर्ष भित्र काम सक्नुपर्ने भनि ३ करोड ८९ लाख ८३ हजार ९भ्याट सहित० सम्झौता गरिएको कार्यालयले जनाएको छ ।
निर्धारित समय भन्दा ६ महिना अगावै पुल निर्माण सम्पन्न भएको कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिए । पुलसँगै वारीपारी ५०र५० मिटर ‘एप्रोच रोड’ समेत निर्माण भएको उनले जानकारी दिए । यसअघि पक्की पुलको डिपिआर भएपनि बुढीगण्डकी आयोजना डुवानका कारण बेलिब्रिज निर्माण गरिएको इन्जिनियर श्रेष्ठले बताए ।
गोरखामा उत्पादित कृषि उपजको बजार व्यवस्थापनका लागी वेनिघाट,काठमाण्डौ लगायतका ठाउँमा लैजान समेत सहज हुने अपेक्षा गरिएको छ ।इन्जिनियर श्रेष्ठका अनुसार पहिले पक्की पुलकै डिपिआर तयार भएको थियो, तर बुढीगण्डकी आयोजना डुवान क्षेत्रमा पर्ने भएकाले बेलिब्रिज हालेको हो । डुवान नहुदाँसम्म यही पुलले काम गर्छ, डुवान हुने बेला निकाल्न मिल्ने बताए । उक्त पुलबाट गोरखाको तिन पालिका भीमसेन थापा, आरुघाट, धार्चे, चुमनुव्री सँगै गोरखाको छिमेकी जिल्ला धादिङका स्थानीय समेत लाभान्वित हुने बताइएको छ ।