९ चैत काठमाडौँ ।आठौं आरबीबी एनभीए भलिबल च्याम्पियनसिप महिलातर्फको खेलमा नेपाल एपीएफ क्लबले न्यू डायमण्डलाई हराउँदै तृतीय स्थान हासिल गरेको छ । आज शुक्रबार त्रिपुरेश्वार दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको थियो । खेलमा एपीएफले न्यू डायमण्डलाई ३–१ ले हराएको हो । एपीएफले २५–२२, २३–२५, २५–१४, २५–२१ ले हराएको हो ।
महिला र पुरुषतर्फ दुवै फाइनल शनिबार हुनेछ । फाइनलमा महिलातर्फ एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार रुपैयाँ पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।