९ चैत काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।शुक्रबारबाट विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग दफावार छलफल सुरु भएको हो ।
दफावार छलफलमा बोल्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले विद्यालय शिक्षा तीन वटै सरकारको साझा अधिकार क्षेत्रभित्र रहेको बुझ्नुपर्ने बताए ।माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकारभित्र रहेको मत समेत आएको छ ।
परीक्षा ५, ८, १० र १२ कक्षामा लिनुपर्ने । ५ सम्मको परीक्षा स्थानीय तहले लिने, ८ को जिल्लाले लिने र १० कक्षाको परीक्षामा प्रदेशको उपस्थिति गराउने उनको प्रस्ताव छ । १२ कक्षाको परीक्षा केन्द्रले लिने सरकारको प्रस्तावमा बडूले समर्थन गरेका छन् ।