Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अर्थमन्त्री वर्षमान पुन र दक्षिण कोरियाली राजदूत पार्क थेयङबिच शिष्टाचार भेट

अर्थमन्त्री वर्षमान पुन र दक्षिण कोरियाली राजदूत पार्क थेयङबिच शिष्टाचार भेट

जोईन खबर

९, चैत्र २०८०
  • 694
    SHARES
  • अर्थमन्त्री वर्षमान पुन र दक्षिण कोरियाली राजदूत पार्क थेयङबिच  शिष्टाचार भेट

    ९ चैत काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङबिच शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

    images

    अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कोरियाले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०को लगानीमा हाल विभिन्न ११ वटा आयोजनामा लगानी भएको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको बताए ।

    images
    images
    images

    नेपालले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि पहल गरिदिन पनि अर्थमन्त्री पुनले राजदूत थेयङलाई आग्रह गरे । अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा नेपाल स्पष्ट रहेकाले त्यसको वातावरण बनाउनका लागि आवश्यक नीतिगत र कानुनी अड्चन हटाउन सरकार लागिरहेको पनि उनको भनाइ छ । 

    प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - १७:१२:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको