Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तनहुँमा पर्यटक बस दुर्घटना ६ जना घाइते

तनहुँमा पर्यटक बस दुर्घटना ६ जना घाइते

जोईन खबर

१०, चैत्र २०८०
  • 715
    SHARES
  • तनहुँमा पर्यटक बस दुर्घटना ६ जना घाइते

     १० चैत काठमाडाैँ ।पोखराबाट काठमाडौं आउँदै गरेको  पर्यटक बस बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। तनहुँमा  बा १ प ११३९ नम्बरको पर्यटक बस  बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन्।

    images

     घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली घाइते भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणले जानकारी दिए ।  

    images
    images
    images

    उक्त घाइतेहरूकाे  जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए। उक्त बसमा २६ यात्रु सवार मध्ये ६ जना  घाइते भएका थिए। दुर्घटना बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाणले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र १०, २०८० शनिवार - १०:२६:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको