१० चैत काठमाडौँ ।आठौं आरबीबी एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको खेलमा गण्डकी प्रदेशलाई ३-० सेटले हराउँदै नेपाल पुलिस क्लब तृतीय भएको छ ।आज शनिबार त्रिपुरेश्वर दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा पुलिसले गण्डकीलाई २५–१६, २५–२० र २९–२७ ले हराउँदै पुलिस क्लबले तृतीय स्थान बनाएको हो ।
नेपाल पुलिस क्लबले हिजो शुक्रबार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबसँग ३–२ सेटले पुलिस क्लब फाइनलमा पुग्न नसकेको हो । अर्को टीम गण्डकी प्रदेशलाई टिपटप हेल्प नेपालले ३-० को सोझो सेटमा पराजित हुँदै बाहिरिएको थियो ।
महिलातर्फको फाइनल खेल नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबबीच दिउँसो १ बजे र पुरुषतर्फको फाइनल खेल त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच दिउँसो ३ बजे हुने भएको छ ।
प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर,स्पाईकर,लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।