१० चैत काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उपप्रधानमन्त्री एंव परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीन जाने भएका छन्।
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि आइतबार चीन जान लागेका हुन्।
भ्रमणका क्रममा मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।उनी चैत १९ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।