Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आठौं आरबीबी एनभीए भलिबल च्याम्पियनसिप पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

आठौं आरबीबी एनभीए भलिबल च्याम्पियनसिप पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

जोईन खबर

१०, चैत्र २०८०
  • 757
    SHARES
  • आठौं आरबीबी एनभीए भलिबल च्याम्पियनसिप पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

    १० चैत काठमाडौँ । आठौं आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि  त्रिभुवन आर्मी क्लबलाई २ ३ को सेटले हराउँदै  हेल्प नेपालले जितेको छ ।

    images

    शनिबार  राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको फाइनल खेलमा हेल्प नेपाल हेल्प नेपालले रोमान्चक खेलमा २०-२५, २७-२५, २३-२५, २९-२७, २२-२० ले जितेको हो ।

    images
    images
    images

    आर्मीलाई कभर्डहलमा दर्शकको पनि राम्रो साथ मिलेको थियो । आर्मीले लगातार ४ अंकको अग्रता कायम गरेपछि हेल्प नेपाल दबाबमा परेको थियो सेमिफाइनलमा चल्न नसकेका मानबहादुरले पहिलो सेटदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । 

    दोस्रो सेटको सुरुवातदेखि नै प्रतिस्पर्धा उच्च बनेको थियो । तीन पाकिस्तानी खेलाडीलाई रोक्दै आर्मी ११-८ ले अघि बढेको थियो ।धन र मानबहादुरको शक्तिशाली स्पाइकको सहयोगमा आर्मीले तेस्रो सेट २५-२३ ले जितेको थियो ।चौथो सेटको सुरुमा हेल्प नेपालले १०-७ को अग्रता लिएको थियो । एक समय ५ अंकले पछि परेको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै १८-१७ हुँदै अघि बढेको थियो ।

    चौथो सेटमा हेल्प नेपालले ८-० को सुरुवात गरेको थियो । आर्मी खेलमा फर्किंदै १३-१५ नजिक पुगेको थियो । राजेन्द्र बिस्ट र धनले लगातार अंक जोडेपछि २२-२२ बराबर भएको थियो ।हेल्प नेपालले ९ मा पुगेर बराबरी गरेको थियो । उच्च प्रतिस्पर्धा भएको खेल २०-२० बराबरीमा पुगेको थियो । हेल्प नेपालले २२-२० ले जित्न सफल हुँदै च्याम्पियन बनेको थियो ।

    प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।महिलातर्फ एपीएफ र पुरुषतर्फ पुलिस तेस्रो बने । 

    प्रकाशित मिति :चैत्र १०, २०८० शनिवार - २१:१८:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको