Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नुवाकोटबाट गाेरखाका पत्रकार अश्विन दानी र अर्जुन कुमाल पक्राउ, बहुमुल्य बस्तु ठगीको आरोप

नुवाकोटबाट गाेरखाका पत्रकार अश्विन दानी र अर्जुन कुमाल पक्राउ, बहुमुल्य बस्तु ठगीको आरोप

जोईन खबर

११, चैत्र २०८०
  • 724
    SHARES
  • नुवाकोटबाट गाेरखाका  पत्रकार अश्विन दानी  र अर्जुन कुमाल  पक्राउ, बहुमुल्य बस्तु ठगीको आरोप

    ११ चैत काठमाडौँ । गोरखा जिल्लाका पत्रकार अश्विन दानी  र अर्जुन कुमाल  नुवाकोटबाट पक्राउ परेका छन् ।  दुवै जनाले बहुमुल्य बस्तु ठगीको आरोप प्रहरीले  पुष्टी गरेको गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५ बर्षीय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दानी गोरखाको पत्रकारिता क्षेत्रमा रहेर केही समय काम समेत गरेका थिए । उनीहरुसँगै कपिलवस्तुका २७ बर्षीय इमान सिं सुनारलाई पनि पक्राउ गरिएको कार्यालयका निमित्त प्रमुख डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

    images

    गएको  फागुन ३० गते मुगा माला र टल्कने पत्थर किन्न भन्दै उनीहरु नुवाकोटको बिदुर नगरपालिका–७ महादेवखर्कस्थित चन्द्रबहादुर तामाङको घरमा पुगी सामान ३५ लाखमा किन्ने फाइनल डिल पनि भए पछि अन्तमा पैसा नदिई सामान लिएर भागेको  डिएसपी खड्काकाले बताए ।

    images
    images
    images

    उक्त सामान लुटीए पछि  तामाङले प्रहरीमा खवर गरे प्रहरीले उनीहरुको खोजी कार्य तिव्र पारेको थियो । फोन ट्रयाकको आधारमा काठमाडौंको वालुवाटारस्थित उनीहरुकै कोठाबाट तीनै जनालाई पक्राउ गरिएको डिएसपी खड्काले बताए । ‘ठगी भएको खवर आएपछि हाम्रै योजनामा तामाङलाई अरु पत्थर पनि छ भन्दै उनीहरुलाई लिन आउनु भनेर बोलाउन लगायौ । 

    ठगी भएको खवर लगत्तै हाम्रै योजनामा तामाङलाई अरु पत्थर पनि छ भन्दै उनीहरुलाई लिन आउनु भनेर बोलाउन लगायौ । त्यही क्रममा हामीले उनीहरुको फोन ट्रयाक गर्दै लोकेसन पत्ता लगायौ र पक्रियौं प्रनाउ खड्काले बताए ।ठगी गरेको सामान सहित उनीहरुलाई पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ठगी गरेको मुगा माला ४ थान, सि माला २ थान, आर माला र टल्कने पत्थर ९ थान समेत बरामद भएको प्रहरीले जानकारी दिए ।

    पक्राउ परेका तिनै जना बिरुद्ध ठगी मुद्दा दर्ता गरी अदालतबाट आवश्यक अनुसन्धानका लागि म्याद थपगरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान भईरहेको पनि नुवाकोट प्रहरीले जनाकारी दिएको छ । 

    प्रकाशित मिति :चैत्र ११, २०८० आइतवार - ०९:२८:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको