१२ चैत काठमाडौँ । गोरखको बारपाक सुलिकोट गाउँपालिका वडा न —१ माम्चेमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा चालक गम्भिर घाइते भएका छन् ।घटना हिजो राती ८ बजे ग १ त ६९२४ नम्वरको ट्याक्टर दुर्घटना भएको हो ।
ट्याक्टर चालक गोरखा नगरपालिका–११ सिर्दिखोलाका रविन मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठ अनुसार ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिव एक सय मिटर तल खसेको बताए ।
उक्त घाइतेको चितवन नयाँ मेडिकल कलेजमा उपचार भईरहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।