१२ चैत काठमाडौँ । आयरल्यान्ड वल्भसविरुद्ध दुई टी २० शृंखलाको पहिलो खेलमा नेपालले१२२ रनको लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्यान्ड वल्भसले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १२१ रन बनाएको हो ।आयरल्यान्डका लागि ओपनर स्टेफन डोहनीले ३९ बलमा ४६ रन बनाए ।
केड कार्मिकाएल ललित राजवंशीको बलिङमा १२ बलमा ८ रन बनाएर एलबिडब्लुमा फसे । कप्तान निल रकलाई पनि गुलशनले नै ५ रनमा क्याच आउट गराए ।ग्यारेथ डीलेनि ४ रन बनाएर र उनी कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरिद्वारा क्याच आउट भएका थिए ।
फियोन ह्याण्ड ११ रन बनाएर कुशल भुर्तेलबाट आउट भए । लियम मकार्थी ललितको बलमा १६ रन बनाएर आउट भए र थोमस मेयस १६ रन बनाएर १९औ ओभरमा रन आउट भए ।म्याथिउ हमफ्रिज ६ रन बनाएको अवस्थामा रन आउट भएका थिए।
नेपालका लागि ललित राजवंशी, गुलशन झा तथा कुशल भुर्तेलले समान २ २ विकेट लिएका थिए । यस्तै करण केसी र कुशल मल्लले १ १ विकेट लिए । जसमध्य सोमपाल कामी, दिपेन्द्र सिंह ऐरि र अविनाश बोहराले कुनै विकेट लिन सकेनन् ।नेपाल भोलि अर्को खेल खेलेपछि बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक ‘फ्रेन्डसीप कप’ खेल्न भारतको गुजरातस्थित वापी पुग्नेछ ।