Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फ्रान्सेली ह्यूगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि

फ्रान्सेली ह्यूगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि

जोईन खबर

१२, चैत्र २०८०
  • 823
    SHARES
  • फ्रान्सेली ह्यूगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि


    १२ चैत  शोलुखुम्बु । फ्रान्सेली ह्यूगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि हात पारेका छन् । सोलुखुम्बुका फाप्लूमा भएको दोस्रो सिजनको माउन्टेन बाईक प्रतियोगितामा पुरुषमा फ्रान्सका ह्यूगो पहिलो बने । साविक विजेता नेपालका राजेश मगर दोस्रो र फ्रान्सका रेमी एब्सलान तेस्रो बनेका छन् ।

    images

    महिलातर्फको स्पर्धामा कोरिन पहिलो बन्दा उषा खनाल दोस्रो र लक्ष्मी मगरले तेस्रो स्थान हासिल गरेकी छिन् ।संसारको सर्वोच्च शिखर सगरमाथालाई पृष्ठभुमीमा राखेर एन्डुरो रत्नाङ्गेको दोस्रो सिजन फाप्लूमा सम्पन्न भएको छ । प्रतियोगितामा विश्व स्तरका बाईक राईडर सहित ४९ साहसीक खेलाडीले सहभागीता जनाएका थिए ।

    images
    images
    images

    एन्डुरो रत्नाङ्गेलाई सबैभन्दा उच्च पर्वतमा हुने खेल स्पर्धाको रुपमा विकास गरिएको छ ।दोस्रो संस्करणको प्रतियोगितामा फ्रान्सका तीन प्रतिष्ठित खेलाडीको रुपमा रेमी एब्सलान, ह्यूगो पिजन र एमेरिक इन्जर सहभागी थिए । कठिन रुटमा आफ्नो खेल कौशल प्रर्दशन गर्ने खेलाडीको रुपमा प्रसिद्ध राइडरले प्रतियोगितामा नयाँ आयाम थपेका थिए ।रत्नाङ्गे ट्रेल सेन्टरमा आयोजित प्रतियोगिताबाट दर्शकलाई रोमाञ्चक खेल अवलोकनमात्र नभएर स्थानीय समुदायमा महत्वपुर्ण आर्थिक सम्भावनालाई प्रस्फुटन गर्ने आयोजक फाप्लू माउन्टेन बाईक क्लबले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १२, २०८० सोमवार - १७:१७:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको