१३ चैत काठमाडौँ । तराईको मधेस प्रदेशमा हिजा होली मनाउदैँ गरेका युवा कर्णाली नदीमा पौडी खेल्न भनि पुलबाट हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भएका छन्।

होलीको अवसरमा सोमबार दिउँसो कैलालीको चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न भनि १७ जना युवा हाम फालेका थिए । सबै जना एकएक गरि हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका–३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जानकारी दिएको छ ।

उनी १७ जना मध्येमा पनि सबै भन्दा पछि हाम फालेका लोकेन्द्र शाही बेपत्ता भएपछि अहिले उनको खोजी जारी रहेको छ । विगतम पनि युवाहरुले पुलबाट हाम फालेर पौडी खेल्ने गरेकाले उक्त जोखिमलाई नियन्त्रण गर्ने भनि पुलमा प्रहरी परिचालन गरे पनि उनीहरुले प्रहरीलाई फोटो खिच्ने भनि झुक्याएर युवाहरु हाम फालेका हुन् ।
