Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्कियाे, सवारी साधन र सात जना मानिस पानीमा खसे

बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्कियाे, सवारी साधन र सात जना मानिस पानीमा खसे

जोईन खबर

१३, चैत्र २०८०
  • 739
    SHARES
  • बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्कियाे, सवारी साधन र  सात जना मानिस पानीमा खसे

    १३ चैत बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किदा केहीको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्।

    images

    उद्धार कार्य जारी छ। पोटास्को नदीमा बनेको यो पुल तीन किलोमिटर लामो छ ।अहिलेसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन । बाल्टिमोर फायर डिपार्टमेन्टका प्रवक्ताले बाल्टिमोर पुल दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको हुनसक्नेु बताएका छन्। बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सजेस्कीले फ्रान्सिस स्कट ब्रिज भत्केपछि उद्धार कार्य जारी रहेको बताए ।

    images
    images
    images

    उनले भने, ‘म स्थिति बारे सचेत छु र दमकल र आपत्कालीन सेवाको सम्पर्कमा छु।’ स्थानीय समय अनुसार राति १ः३० बजे यो घटना भएको हो । एजेन्सि 

    प्रकाशित मिति :चैत्र १३, २०८० मंगलवार - १६:००:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको