Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रथम ढोडेनी फागुपूर्णिमा मेला २०८० को खुल्ला भलिवल तथा सास्कृतिक कार्यक्रम सम्पन्न, भलिबलको उपाधि बालुवा युवा क्लबलाई

प्रथम ढोडेनी फागुपूर्णिमा मेला २०८० को खुल्ला भलिवल तथा सास्कृतिक कार्यक्रम सम्पन्न, भलिबलको उपाधि बालुवा युवा क्लबलाई

जोईन खबर

१४, चैत्र २०८०
  • 3.2K
    SHARES
  • प्रथम ढोडेनी फागुपूर्णिमा मेला २०८० को खुल्ला भलिवल तथा सास्कृतिक कार्यक्रम सम्पन्न, भलिबलको उपाधि बालुवा युवा क्लबलाई

    १४ चैत काठमाडौँ । गोरखाको बारपाकसुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीको ढोडेनिमा फागुपूर्णिमा अर्थात होली पर्वको अवसरमा  आयोजित सांस्कृति तथा खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । यस प्रथम ढोडेनी फागुपूर्णिमा मेला २०८० को अवसरमा खुल्ला भलिवल  छेलो प्रतियोगिता तथा विविध  सास्कृतिक कार्यक्रम ढोडेनिको  फुटबल ग्राउन्डमा गत ११ गते देखि १३ गते सम्म कार्यक्रम सञ्चालन भएको हो ।

    images

    प्रथम ढोडेनी फागुपूर्णिमा मेला २०८० को अवसरमा भएको  प्रतियोगितामा फागुपूर्णिमा बिशेष भलिबल आयोजक समिति तथा बारपाक सलिकोट गाउँपालिका वडा न ४  सौरपानी  कार्यालयको सह आयोजनामा  कार्यक्रम गरिएको  फागुपूर्णिमा बिशेष भलिबल आयोजक समितिका संहसंयोजक मिलन ढकालले जानकारी दिनु भयो । यस तिन दिन देखि चलेको  प्रथम ढोडेनी फागुपूर्णिमा मेला २०८० को खुल्ला भलिवल तथा सास्कृतिक कार्यक्रममा  फागुपूर्णिमा बिशेष भलिबल आयोजक समितिका संयोजक नबराज तामाङको अध्यक्षतामा र बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टको प्रमुख आथित्यतामा कार्यक्रम  सम्पन्न  भएको   हो ।

    images
    images
    images

    10.jpeg

    यस कार्यक्रममा गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भिम बहादुर गुरुङ, वडा सदस्य सुनेम गुरुङ र बारपाक सुलिकोट गाउँपालिकाका नेपाली काङग्रेसका सभापति जित बहादुर घले लगायतको उपस्थिति रहेको थियो।फागुपूर्णिमा बिशेष भलिबल आयोजक समितिले फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व लाई परमपरागत रुपमा आफ्नो सस्कार सस्कृति को जगेर्ना सङ्गै लोभ उन्मुख ढोडेनि जात्रालाई पुन स्थापित गर्न उदेस्यले उक्त कार्यक्रम गरिएको आयोजक समितिले जानकारी दिएको छ।

    12.jpeg

    प्रथम ढोडेनी फागुपूर्णिमा मेला २०८० को खुल्ला भलिवलको उपाधि  बालुवा युवा क्लब  बि टिमले प्रथम भइ  नगद रु ५०,००० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरे भने दोस्रो  स्थान हासिल गर्ने बालुवा युवा क्लब  ए टिमले नगद रु २५,००० हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसै प्रतियोगिता तेस्रो स्थान हासिल गर्न आयोजका युनिक दरौदि युवा क्लब ए ले नगद रु १०,००० हजार मेडल प्रमाणपत्र प्राप्त  गरेका थिए । मेलाकै क्रममाभएको खुल्ला छेलो प्रतियोगितामा अजिरकोट गाउँपालिका वडा नं १ का सन्जित तामाङ प्रथम भएका छन् उनले नगद रू ५००० पुरस्कार वितरण गरिएको फागुपूर्णिमा बिशेष भलिबल आयोजक समितिका संयोजक नबराज तामाङले जानकारी दिनु भयो ।

    Untitled.jpeg

    यस कार्यक्रममा  पुस्कार वितरण बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट र फागुपूर्णिमा बिशेष भलिबल आयोजक समितिका संयोजक नबराज तामाङले संयुक्त रूपमा हस्तान्तरण गरिएको हो । यो  चैत्र ११ गते देखि १३ गते सम्म चलेको उक्त मेलामा चर्चित राष्ट्रिय कलाकारहरु आशूँ लामा, आ र के गुरुङ , किरण बि ।सि ,पबित्रा गुरुङ, मिना सि मगर , सुक्र तामाङ, सुनेमा गुरुङ, पवन गुरुङ लगायत कलाकारहरुको समेत बेजोड प्रस्तुति रहेको  थियो । फागुपूर्णिमा बिशेष भलिबल आयोजक समितिको आयोजनामा भएको  मेला छिमेकी गाउँपालिकाहरू अजिरकोट गाउँपालिका , बारपाक सुलिकोट गाउँपालिका, सिरान्चोक गाउँपालिका लगायतका हजारौ स्थानियहरुले अबलोकन गरेका थिए। अब आउने बर्षहरू यो मेलालाइ निरन्तरता दिने पनि आयोजकले बताएका छन् । 

     

    प्रकाशित मिति :चैत्र १४, २०८० बुधवार - १३:१६:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको