Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा चालक र सहचालकमाथि आक्रमण हुदाँ, सार्वजनिक यातायात बन्द यात्रुहरू सडकमा अलपत्र  

गोरखामा चालक र सहचालकमाथि आक्रमण हुदाँ, सार्वजनिक यातायात बन्द यात्रुहरू सडकमा अलपत्र  

जोईन खबर

१४, चैत्र २०८०
  • 1.0K
    SHARES
  • गोरखामा चालक र सहचालकमाथि आक्रमण  हुदाँ, सार्वजनिक यातायात बन्द यात्रुहरू सडकमा अलपत्र  

    १४ चैत काठमाडौँ । गोरखामा चालक र सहचालकमाथि आक्रमण भए पछि सार्वजनिक यातायात बन्द हुदाँ यात्रुहरू बाटोमा नै अलपत्र परेका छन् ।  यहि चैत ११ गते होलिको दिन ग १ ख ७१९१ नम्वरको यात्रुवाहक बस १२ किलो बाट ठाँटि पोखरि जाँदै गरेको र बा २० च ५८५८ नम्वरको कार बिपरित दिशा बाट आउदै गर्दा छेपेटारमा एक आपसमा ठक्कर खाँदा दुवै सवारि साधनमा समान्य केही क्षेति भएको थियो।

    images

    उक्त निजि कारमा सवार गोरखा नगरपालिका–७ धारापानीका हरि श्रेष्ठ, धुव्र श्रेष्ठ र समित श्रेष्ठसहित अन्य ३ जना व्यक्तिहरूले घटनास्थलमा बोलाई बसका चालक अर्जुन परियार र सहचालक टिकाराम नेपालीलाई सार्वजनिक स्थलमा लाति र मुक्काले हानेर चोटपटक लागेको अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष निर्मल रानाले बताए ।

    images
    images
    images

    434252187_1062533581498077_3753177502845669578_n.jpg

    उक्त घटनामा सङ्लग्न पिडित सवारि चालकले आफु माथि भएको अन्यायको सम्बनधमा हातपात गर्ने ब्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यलय गोरखामा जाहेरि दरखास्त दिँदा ईन्कार गरेको हुँदा  बिरोध स्वरुप आज मजदुरहरुले गाडी घर वा ग्यारेजमा थन्क्याउदै चैत्र १४ गते बाट गोरखा जिल्ला भरि सार्वजनिक यातायात बन्द गरेका हुन् ।

    434312027_792896869361513_3783351213734216285_n.jpg

    गोरखामा यातायात बन्द हुदा  जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक यातायात चलेका छैनन् ।दोषी उपर कारवाहीको माग गर्दै मंगलवार अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको जिल्ला कार्यसमितिले संयुक्त रुपमा प्रशासन र प्रहरी कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका थिए ।बन्दका कारण यात्रुहरु बिहानै देखि सडकमा अलपत्र परेका छन् । आफ्नो माग पुरा गर्न गाडी बन्द गरेर सर्वसाधारणलाई दुख दिनु गलत भएको यात्रुहरूले बताए। 

     

     

     

     

     

     

     

     

     

     

    प्रकाशित मिति :चैत्र १४, २०८० बुधवार - १४:१९:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको