१४ चैत काठमाडौँ ।अफगानिस्तानमा महिलाविरुद्ध नयाँ आदेश जारी गरएिको छ । तालिवान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले महिलाविरुद्ध नयाँ आदेश जारी गरेको नियम भित्रमा अरु पुरुषसंग यौनसम्बन्ध राखेको थाहा पाइएमा ढुङ्गा प्रहार गरि मारिने नियम बनाएका छन् । उनले अबैध सबन्ध राख्ने महिलाइ सार्बजनिक स्थलमा ढुंगाले हानेर मार्ने घोषणा गरेका हुन् ।
उनका अनुसार कुनै पनि महिला आफ्नो पति बाहेक अरूसँग यौनसम्बन्ध राखेको दोषी पाइएमा कोर्रा र ढुङ्गाले हानेर मारिने बताए ।अफगानिस्तानमा सत्तामा आएपछि तालिबानले महिला अधिकार हनन नगर्ने आश्वासन दिएको थिए ।
पहिलो, किशोरीहरूको माध्यमिक र उच्च विद्यालय शिक्षामा प्रतिबन्ध लगाइयो भने त्यसपछि उनीहरूलाइ विश्वविद्यालय शिक्षा हासिल गर्न रोकिएको छ ।अधिकांश कामबाट महिलाहरूलाई हटाइयो वा तिनीहरूको ठाउँमा आफ्नै परिवारका एकजना पुरुषलाई नियुक्त गरिएको छ भने अफगानिस्तानमा ब्यूटी पार्लर जाने र खेलकुद खेल्ने जस्ता महिलाहरूको धेरैजसो गतिविधिमा प्रतिबन्ध लगाइएको छ।