१४ चैत काठमाडौँ । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन गोरखा होटल संघले सडक खाना महोत्सव–२०८० आयोजना गर्ने भएका छन् । गोरखा होटल संघको आयोजनामा चैत्र ३० र बैशाख १ गते सम्मा दुइदिने सडक खाना महोत्सव हुने भएको छ। गोरखा सदरमुकामको पुरानो बसपार्कदेखि ठुलोआँगन क्षेत्रलाई समेटेर महोत्सव गर्न लागिएको मंगलवार पत्रकार सम्मेलन गरी संघले जानकारी दिएको हो ।
गोरखा होटल संघका जिल्ला अध्यक्ष निधिप्रसाद तिमिल्सिनाका अनुसार महोत्सव समय भरि त्यो क्षेत्रमा गाडी चल्दैनन् । सडकमै स्टलहरु बन्ने सडकमै बसेर खाने व्यवस्था हुन्छ । कुल ५० वटा स्टल रहने र त्यसमा बिभिन्न जातजाती बिशेष स्थानीय परिकारका खानाहरु पाइने उनले जानकारी दिए । महोत्सवसँगै स्थानीय तथा राष्ट्रिय कलाकारको सांगतिक प्रस्तुती समेत हुने बताइएको छ । महोत्सव सम्पन्न गर्न करिव १२ लाख लाग्ने संघले अनुमान गरेको छ ।
यस महोत्सव गोरखाको रानीपोखरी परिसरमा स्टेज बनेछ, भने राष्ट्रिय कलाकार रविन लामिछाने, आशा विसी लगायतको प्रस्तुती समेत हुनेछ । जिल्लाका धार्मिक एवं पर्यटकीय स्थलको प्रचार प्रसार गर्दै जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उदेश्य रहेको बताइएको छ ।
नयाँ बर्ष मनाउनका लागी सौराहा, बन्दीपुर, पोखरा लगायतका ठाउँमा प्रचलन भए पनि यो बर्षबाट गोरखामै नयाँ बर्ष मनाउने वानीको बिकास गराउन पनि महोत्सव गर्न लागेका तिमिल्सिनाको भनाइ छ ।