१४ चैत काठमाडौँ । भरतपुरमा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालक घाइते भएका छन् । भरतपुर-१८ स्थित सिमरी टाउनमा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालक घाइते भएका हुन् ।
घाइते हुनेमा भरतपुर-१८ बस्ने युविन तामाङ रहेका छन् ।सिमरी टाउनबाट भुवन बस्तीतर्फ आउँदै गरेको बा ४९ प १२७७ नम्बरको मोटरसाइकलले ठकर दिएको हो ।
युविनको अहिले मनकामना अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घटना बारे थप विवरण आउन बाकी रहेको छ ।