Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा २०८० को एसईई परीक्षा दिने आठवटा विद्यालयबाट १० भन्दा कम बिद्यार्थी सहभागि

गोरखामा २०८० को एसईई परीक्षा दिने आठवटा विद्यालयबाट १० भन्दा कम बिद्यार्थी सहभागि

जोईन खबर

१५, चैत्र २०८०
  • 748
    SHARES
  • गोरखामा २०८० को  एसईई परीक्षा दिने  आठवटा विद्यालयबाट १० भन्दा कम  बिद्यार्थी सहभागि

    १५ चैत काठमाडौँ । गोरखामा आठवटा विद्यालयबाट १० भन्दा कम  बिद्यार्थी सहभागी हुदैँ छन् । बिहीबारबाट सुरु  भएको यस वर्षको माध्यमिक तह शिक्षा परीक्षा ९एसईई०मा विभिन्न गाउँका विद्यालयबाट १० जनाभन्दा कम परीक्षार्थी सहभागी भएका हुन् ।

    images

    गोरखा नगरपालिकाको बोर्डिङतर्फ मनकामना बोर्डिङ स्कुलबाट ६ जना, सूर्यमुखी बोर्डिङ स्कुलबाट ८ जना, जेनियस बोर्डिङ स्कुलबाट ८ जना , पालुङटार नगरपालिका ठाटीपोखरीको बालज्योती इङ्लिस बोर्डिङ स्कुलबाट ९ जना विद्यार्थीहरु एसईईमा सहभागी हुँदै छन् ।

    images
    images
    images

    त्यस्तै सामुदायिक विद्यालयहरुतर्फ सिरानचोक गाउँपालिका ५ को चित्रेपोखरी माविबाट सबैभन्दा कम ४ जना ,सहिद लखन गाउँपालिका ६ बतासेको भगवती हिमालय मावि घैरुङबाट ६ जना, गोरखा नगरपालिकाको रत्नलक्ष्मी मावि डुम्रीडाँडाबाट सातजना र राष्ट्रिय मावि घलाङबाट ६ जना विद्यार्थीहरु एसईईमा सहभागी हुने भएका  शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुवास आचार्यले जानकारी दिए ।

    एसईईको सम्पूर्ण तयारी पूरा भइसकेको इकाइ प्रमुख आचार्यले जानकारी दिए । परीक्षा केन्द्र, केन्द्राध्यक्ष निर्धारण भइसकेका छन् भने प्रश्नपत्र तथा उत्तर पुस्तिका सबै केन्द्रमा पठाउने काम भइसकेको इकाइ प्रमुख आचार्यले जानकारी दिए । 

     

    प्रकाशित मिति :चैत्र १५, २०८० बिहिवार - ११:५०:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको