१५ चैत काठमाडौँ । मौसम खराव भएका कारण धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाईन्सको जहाज भैरहवामा अवतरण भएको छ । आज बिहान ७ १२ बजे धनगढीबाट उडेको जहाज मौसम खराव भएका कारण काठमाडौं अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो ।
जहाज काठमाडौ।मा अवतरण गर्न नसकेपछि ९ः ३४ भैरहवामा आपतकालीन अवतरण गरिएको श्रीएयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले बताए । धनगढी ईञ्चार्ज गजेन्द्र शाहीका अनुसार २ घण्टा २२ मिनेट आकाशमा होल्ड गर्दापनि काठमाडौंमा अवतरण गर्न नसकिए पछि भैरहवामा आपतकालीन अवतरण गरिएको बताए ।
काठमाडौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज आकाशमै होल्ड गरेको र अन्तिम बिकल्प भनेको भैरहवा बिमानस्थलमा देखिए पछि तेही अवतरण गरिएको शाहीले बताए । अढाई घण्टासम्म जहाज सम्पर्कबिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु अतालिएका थिए । धनगढीबाट उडेको जहाजले काठमाडौंको आकाशमा डेढ घण्टाभन्दा बढी फन्को लगाएउदा सम्म पनि काठमाडौँ बिमानस्थलमा अवतरण गर्ने नसकिएको उहाँको भनाइ छ ।