Logo

बिहिवार, कार्तिक १३ गते २०८३

निरन्तर वर्षाका कारण आज हुने नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको खेल रोकियो

निरन्तर वर्षाका कारण आज हुने नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको खेल रोकियो

जोईन खबर

१५, चैत्र २०८०
  • 715
    SHARES
  • निरन्तर वर्षाका कारण आज हुने  नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको खेल रोकियो

    १५ चैत काठमडौँ ।  निरन्तर वर्षाका कारण आज हुने टी–२० क्रिकेट प्रतियोगितामा  नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको खेल रोकिएको छ ।खेल कीर्तिपुर टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने तयार गरिए पनि वर्षाका कारण खेल रद्द गर्नुपरेको नेपाल क्रिकेट संघ ९क्यान० ले जानकारी दिएको हो ।आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेलने कार्यक्रम रहेको छ ।

    images

    क्यानले आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० र एकदिवसीय खेल्न यसअघि नै आफ्नो छुट्टाछुट्टै टोलीको घोषणा गरिसकेको छ । टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ ।  

    images
    images
    images

    क्यानले टी–२० शृंखलाका लागि विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।उक्त टोलीमा लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रासिद खान, सागर ढकाल, बिपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकाश अग्री रहेका छन् । 

     

     

     

    प्रकाशित मिति :चैत्र १५, २०८० बिहिवार - १२:५६:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको