१५ चैत काठमाडौँ । नेपाली क्रिकेट सन्दीप लामिछानेको पहिलो सुनुवाइ उच्च अदालत पाटनले आज मिति तोकेको छ ।
बलात्कार आरोपित सन्दीपले जिल्ला अदालत काठमाडौँको फैसला पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएका थिए । अब पहिलो सुनुवाइ चैत २३ गते शुक्रबार हुने उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए ।
गत वर्ष ‘गौशाला २६’ ले क्रिकेटर सन्दीपलाई बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको छ । उक्त फैसलामा चित्त नबुझाएपछि सन्दीप उच्च अदालत पाटन गएका हुन् ।