१६ चैत काठमडौ । अघिल्लो बर्ष भन्दा यो बर्ष देशको अर्थतन्त्रमा धेरै सुधार भइसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दावी गरेका छन् । आज शुक्रबारदेखि हेटौंडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्र अघिल्लो वर्ष भन्दा यस वर्ष सुधार भई रहेको बताए ।
प्रधानमन्त्री दाहालले भने नयाँ सरकार गठबन्धनसंगै नयाँ अर्थमन्त्री नियुक्ती भए पछि निर्माण व्यवसायीहरुले नपाएका रकम समेतकका भुक्तानीको प्रक्रिया अगाडि बढाइएको छ । उक्त कार्यक्रम बोल्दैअघिल्लो वर्ष यति बेलाको समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा थियो, भने अहिले धेरै सुधार भइ रहेको उनले बताए ।