१६ चैत काठमाडौँ । मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ । ललितपुरको महाङ्काल गाउँपालिका वडा न ५ चन्दनपुरमा गएराति बतासेडाँडाबाट चन्दपुर जाँदै गरेको बा।९४ प ६३४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा महाङ्काल गाउँपालिका चन्दनपुर बस्ने ५२ वर्षीय रमेश बजगाईँ रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए ।
दुर्घटनामा मृत्यु हुने शिक्षक रमेश बजगाईँ बाग भैरव माविमा कार्यरत थिए । दुर्घटना भएको मोटरसाइकल शिक्षक बजगाईं आफैले चलाएका थिए । उक्त शिक्षकको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको प्रहरी बताएको छ ।