१७ चैत काठमाडाैँ । पाल्पामा हावाहुरीले रुख पल्टाउँदा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ ।डुम्रे नजिकै जरे पिपलमा बाटोमा सल्लाको रुख पल्टेर लाग्दा स्कुटर चालक पाल्पा कैलाशनगरका २ २० बर्षिय भुवन सिंजालीको घटनास्थलमै ज्यान गएको हाे ।
लु ८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ आउँदै थिए । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र एकमाेटरसाइकल पनि पल्टिएको पाल्पा प्रहरीले जनाएको छ ।
पानीसहित आएको हावाहुरीले रुख पल्टाएका कारण अहिले पाल्पा-बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्कुटरमा सवार अर्का एक जना सामान्य घाइते भएका छन् ।