Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा स्कारपियो कार दुर्घटना हुँदा  गम्भीर घाइते  गैरेको उपचारको क्रममा मृत्यु  

गोरखामा स्कारपियो कार दुर्घटना हुँदा  गम्भीर घाइते  गैरेको उपचारको क्रममा मृत्यु  

जोईन खबर

१७, चैत्र २०८०
  • 835
    SHARES
  • गोरखामा स्कारपियो कार दुर्घटना हुँदा  गम्भीर घाइते  गैरेको उपचारको क्रममा मृत्यु  

    १७ चैत काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका वडा न ३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

    images

    नवलपरासीपूर्वबाट  मनकामनातर्फ जाँदै गरेको ग १ च ७६१९ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी  रमेशकुमार श्रेष्ठले जानकारी दिए।

    images
    images
    images

    दुर्घटनामा परी स्कारपियोमा सवार नवलपरासीपूर्व विनय त्रिवेणी गाउँपालिका वडा न ४ का ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते गैरेको तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उकालो बाटोमा गाडी  अनियन्त्रित भई जिप सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको थियो।

    स्कारपियो चालक नवलपरासीपूर्व विनयत्रिवेणी गाउँपालिका–४ घर भएका ४७ वर्षीय बेगबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।  

    प्रकाशित मिति :चैत्र १७, २०८० शनिवार - २२:२६:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको