१८ चैत काठमाडौँ आज सुन हिजोको मूल्यमा कारोवार भई रहेको छ । अस्ति शुक्रबार नयाँ रेकर्ड मूल्यमा पुगेको सुन आज आइतबार उक्त मूलयमा कारोवार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।शुक्रबार तोलामा २ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज आइतबार पनि सोहि मूल्यमा कारोबार भएको हो।
यस्तै चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य आज तोलामा स्थिर रहेको संघले बतायो ।