Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राखेपले दसौं राष्ट्रिय र प्रथम पारा राष्ट्रिय खेलकुदको मितिका लागि खेलकुद मन्त्रालयलाई अनुरोध

राखेपले दसौं राष्ट्रिय र प्रथम पारा राष्ट्रिय खेलकुदको मितिका लागि खेलकुद मन्त्रालयलाई अनुरोध

जोईन खबर

१८, चैत्र २०८०
  • 616
    SHARES
  • राखेपले दसौं राष्ट्रिय र प्रथम पारा राष्ट्रिय खेलकुदको मितिका लागि खेलकुद मन्त्रालयलाई अनुरोध

     काठमाडौं, चैत १८ गते । राखेपले दसौं राष्ट्रिय र प्रथम पारा राष्ट्रिय खेलकुदको मितिका लागि खेलकुद मन्त्रालयलाई अनुरोध गरिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–०८१ को मिति तथा स्थान सम्बन्धी निर्धारण सम्बन्धमा मिति २०७९ साल कार्तिक ०२ गतेको परिषद्को ११५ औं बोर्ड बैठकबाट भएको निर्णयानुसार चक्रिय प्रणाली अनुरुप प्रत्येक दुई÷दुई वर्षमा राष्ट्रिय खेलकुद परिषद्बारा आयोजना हुने भएको थियो ।

    images

    राष्ट्रिय खेलकुदको दशौं संस्करण आगामी २०८१ साल मंसीर ०२ गतेदेखि ०९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्न नेपाल सरकारलाई अनुरोध  गरिएको हो ।  खेल हुने भए  उक्त बमोजिम उल्लेखित मिति तोक्न साथै पारा खेलकुदको विकास तथा देशले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेको उपलब्धी समेतलाई अझ थप मजबुद बनाउन  खेलकुद मन्त्रालयलाई थप अनुरोध गरिएको छ ।

    images
    images
    images

    यस वृहद राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात् फरक क्षमता भएका खेलाडीहरुको पारा खेलकुद आयोजना गरिने प्रचलन पनि रहेको छ । प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता–०८१ समेत अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका दिन २०८१ साल मंसीर १८ देखि २१ गतेसम्म कर्णाली प्रदेशमै आयोजना गर्नका लागि मिति तोक्न नेपाल सरकार समक्ष नियमानुसार आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि राखेपले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ । वृहत राष्ट्रिय खेलकुदको नवौं संस्करण २०७९ साल असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको थियो ।

    प्रकाशित मिति :चैत्र १८, २०८० आइतवार - २१:०४:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको