Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको बारपाक र धार्चेमा असिनापानीले अन्नबाली र बाटो बिद्यालयमा क्षती,काहाँ  के — के भयो 

गोरखाको बारपाक र धार्चेमा असिनापानीले अन्नबाली र बाटो बिद्यालयमा क्षती,काहाँ  के — के भयो 

जोईन खबर

१९, चैत्र २०८०
  • 802
    SHARES
  • गोरखाको बारपाक र धार्चेमा असिनापानीले अन्नबाली र बाटो बिद्यालयमा क्षती,काहाँ  के — के भयो 

    १९ चैत काठमाडौँ । जिल्ला गोरखाको बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिकामा  हिजो परेको  लगातार बर्षाले अन्नबाली तरकारी , फलफूलमा तथा मोटर बाटोमा क्षती पुराएको छ । बारपाकमा शनिबार साँझ पाँच बजेदेखि छ बजेसम्म  परेको मुसलधारे असिनापानीपछि आएको बाढीले हिमालय माध्यमिक विद्यालयको भवनमा क्षति पुगेको हो ।

    images

    विद्यालय  परिसरभित्र  बाढी पसेर क्षति पु¥याएको व्यवस्थापन समितिका अध्यक्ष उत्तम विकले जानकारी दिए । जस्ताले बारेर बनाएको क्याण्टिनभित्र बाढी पसेर बगाएर लगेको उनले बताए । बाढीले स्कूलखोला तारबार भत्काएर स्कूलभित्र   पसेको व्यवस्थापन समितिका अध्यक्ष  विकले  बताए । स्कुलको  कम्पाउण्ड तारबार ढलेर स्कुल क्याण्टिनको भाँडाकुँडा, ग्याँस सिलिण्डर बगाएर लगेको छ । आँगनभरि बाढीले ढुंगामुढा थुपारेर बगर बनाएको छ ।

    images
    images
    images

    434654673_942519147880923_1762461982853307329_n.jpg

     लगातार बर्षाले बारपाक सुलिकोट गाउँपालिका बारपाक र रन्चोक कुलगाउँमा  अन्नबाली तरकारी , फलफूल तस्वीर : Sulikot TV

    हिजोको असिनापानीले बारपाकमा भित्र्याउने बेला भएको गहुँ, जौ, आलुबारी, ‘भर्खर दुईपाते भएर उम्रिएको मकै माटोमा मिलाइदियोको वडा अध्यक्ष धनबहादुर घले जनाकारी दिए । मुखमा आएको मुख्यबालीहरु नष्ट भएपछि स्थानीयबासी चिन्तित भएका छन् । सरकारले राहत दिनुपर्छ भनेर किसानको माग छ’, उनले भने, ‘गाउँपालिकाका अध्यक्षलाई गाउँको अबस्था अवलोकन गर्न बोलाएका छौँ ।पानीका कारण अाउन सक्नु भएकाे छैँ । 

    image_2024-04-01_130023635.png

     बाढी कारण क्षतिग्रस्त रहेका  हिमालय मावि बारपाक तस्वीर : पुरबहादुर गुरुङ 

    तीनघण्टासम्म अबिरल बर्षा भए पनि एकघण्टा भीषण असिनापानी परेको उनको भनाइ छ ।पानीचाहिँ बिहानदेखि बेलुकासम्म निरन्तर परेको हो । अर्काको पालिका    धार्चे गाउँपालिकामा पनि असिनापानीले  लाप्राक, गुम्दा, सिङ्ला, यमगाउँ, लप्सीबोट, खानीवेशी, लापुगाउँ, खानीगाउँमा पनि अन्नबाली र सडक संरचनामा ठूलो रुपमा  क्षति पु¥याएको छ ।अन्नबालीमा गहुँ, जौ, आलु, मकैमा  क्षती पुराएको छ ।  हिजोको असनापानी र भेलबाढीले केही बाँकी राखेको छैन’ वडा नं ४ लाप्राकका स्थानीय राम गुरुङ बताएका छन् ।  

    किसानहरु अब सरकारबाट राहत, क्षतिपूर्तिको मुख हेरेर बसेका उनले बताए ।धार्चेको वडा नं ५ को सिङ्लाका किसानहरुको ५५ वटा भेँडा हराएको वडाअध्यक्ष भीमप्रसाद गुरुङले जानकारी दिए । अरु क्षतिको यकिन विवरण आएको छैन। क्षती यकिनको लागि आजमा थाहा हुने बताए । असिनापानीसंगै आएको बाढी र  भेलले आलुबारी बगाएर पनि लगेको छ ।

    434164813_2570275699808530_8307769015356617532_n.jpg

    खानीवेशीमा विराज तामाङको घर धार्चेमा आतजाउत गर्ने मोटर बाटो समेत बगाएको धार्चेका राज गुरुङ्गले जानकारी दिए । धार्चे ७ लापु गाउँमा निर्माणाधीन घाँटुघर समेत भत्किएको वडाअध्यक्ष राकेश गुरुङले जानकारी दिए । असिनापानीले खानीगाउँका सचिन गुरुङको घर पनि पहिरोले क्षति पु¥याएको  बताए । अहिले धार्चेमा मोटर बाटोको काम तिव्र गति भई रहेको  छ ।

      434321227_2570275719808528_2650234215568820529_n.jpg

    धार्चे गाउँपालिकामा हिजोको असिनापानीले मोटर बाटोमा क्षती भए पछि बनाउने काम हुदै तस्विर : राज गोरखाली

     

     

    प्रकाशित मिति :चैत्र १९, २०८० सोमवार - १२:५३:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको