१९ चैत काठमाडौँ । टी-० सिरिजको आज अन्तिम खेलमा नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ संग टस हारेको छ। आयरल्यान्ड ‘ए’ संग टस हारेर नेपालले पहिले ब्याटिङ गर्ने निम्तो पाउको हो । खेल टियु क्रिकेट मैदानमा सुरु भएको छ ।नेपालले टोलीमा एक परिवर्तन गरेको छ।
किरण ठगुन्नाको स्थानमा नारायण जोशीले प्लेइङ ११ मा मौका पाएका छन्। लगातार दुई खेल हारेर सिरिज गुमाईसकेको नेपालका लागि आजको खेल क्लिन स्विपबाट जोगिनका लागि महत्त्वपूर्ण रहेको छ। अघिल्ला दुवै खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।