Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टी-२० शृंखलाको तेस्रो खेलमा नेपाल ए ले आयरल्यान्ड ए लाइ ३ रनले हरायाे

टी-२० शृंखलाको तेस्रो खेलमा नेपाल ए ले आयरल्यान्ड ए लाइ ३ रनले हरायाे

जोईन खबर

१९, चैत्र २०८०
  • 820
    SHARES
  • टी-२० शृंखलाको तेस्रो  खेलमा  नेपाल ए ले आयरल्यान्ड ए लाइ ३ रनले हरायाे

    १९ चैत काठमाडौँ ।  टी-२० शृंखलाको तेस्रो  खेलमा  नेपाल ए ले आयरल्यान्ड ए लाइ ३ रनले हराएको छ । नेपालले तीन खेल मध्ये आज तेस्रो  खेलमा जित हात पारेको  हो ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो । २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानीले  सर्वाधिक ६८ रन ,मोर्गन टोपिङ  ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भए ।

    images

    आयरल्यान्ड ए लाई ओपनर रस आडैरले ३१ र तथा फिन ह्यान्ड २२ रनमा आउट भए । अन्तिम ओभरमा २० रन चाहिँदा राशिद खानले १६ रन खर्चेर १ विकेट लिँदै नेपाललाई रोमान्चक जित दिलाए ।नेपालको जितमा विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । नारायण जोशी, कमलसिंह ऐरी र राशिद खानले १/१ विकेट लिए ।त्यसअघि 

    images
    images
    images

    नेपालको जितमा आरिफ शेख  ९३ रन बनाएका थिए । तीनेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए । बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए ।

    पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए । आयरल्यान्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १९१ विकेट लिए । नेपाल सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाई सकेको छ । आयरल्यान्ड ए र नेपाल ए बीच अव एकदिवसीय सिरिज हुनेछ ।

    प्रकाशित मिति :चैत्र १९, २०८० सोमवार - १७:०२:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको