२० चैत काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले दोस्रो खेलमा बरोडासँग खेल्दैछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो २ स् ४५ मा सुरु हुनेछ ।
दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालले भारतमा तयारी गरेको हो । त्यसैले बेन्चका खेलाडीलाई पनि मौका दिनसक्छ ।बरोडाको टोलीमा अधिकांश खेलाडी रणजी खेल्ने दोस्रो रोजाइका खेलाडी छन् । बुधबार नेपालले गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल पुग्न सके आइतबार खेल्नेछ ।
खेलमा नेपालको टोली रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।