२० चैत काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले गण्डकी प्रदेश र बागमती प्रदेशका अध्यक्षहरू निष्कासित भएका छन्। नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी छन् ।
हिजो भएको पार्टीको केन्द्रीय चलिरहेको बेलामा पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी हातपातपहित कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा जारी एक पत्र निकालिएको छ ।
नयाा सरकार समिकरण पछि नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच नयाँ गठबन्धन सहभागी हुनको लागि एक पक्ष जाने र अर्का पक्ष नजाने र काँग्रेससँगै रहन कुरामा छलफलको बेला हिजो आयोजित केन्द्रीय कमिटीको बैठकमै नेता कार्यकर्ताहरूबीच कुटाकुटको अवस्था भएको थियो ।
