२० चैत काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकामा २ दिने निशुल्क वृहत आँखा जाँच शिविर तथा मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार पालुङटार नगरपालिका गोरखाको समन्वय तथा आँपपिपल अस्पताल गोरखाको सह आयोजना र कर्माफ्लाइट्स फाउन्डेशन नेपाल कास्की पोखराको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा २ दिने निशुल्क वृहत आँखा जाँच शिविर सम्पन्न भएको हो ।

उक्त २ दिने निशुल्क वृहत आँखा जाँच शिविर तथा मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रममा पालुङटार नगरपालिकाका ७७६ जना, लम्जुङको राइनास नगरपालिकाका ४७१ जना र सिरानचोक गाउँपालिकाका ५१७ जना गरी जम्मा १७६४ जनाले सेवा लिएको पालुङटार नगरपालिकाले जनाएको छ । परिक्षणमा मोतियाबिन्दु रोगी जम्मा १२१ जना मध्ये राइनास नगरपालिकाका २६ जना, सिरानचोक गाउँपालिकाका ६७ जना र पालुङटार नगरपालिकाका २१ जना रहेको नगरपालिकाले बताएको छ ।
आँखा चेकजाँच गर्दै तस्विर : विवस चिन्तन सचिवालय
यस शिविरमा मोतियाविन्दुको सफल शल्यक्रियामा तीन पालिका भित्रबाट जम्मा ४९ जना मध्ये राइनास नगरपालिका बाट महिला १० जना पूरुष ९ जना जम्म १९ जना, सिरानचोक गाउँपालिका महिला २ जना, पूरुष १२ जना जम्म १४ जना र पालुङटार नगरपालिका महिला ८ जना, पूरुष ८ जना गरी जम्मा १६ जना गरी २ दिन भित्रमा मोतियाविन्दुको शल्यक्रिया ४९ जनाले गरेका थिए ।

शिविरमा मोतियाविन्दुको सफल शल्यक्रिया भएका बिरामिहरू तस्विर : विवस चिन्तन सचिवालय