Logo

बिहिवार, कार्तिक १३ गते २०८३

योजना र कार्यक्रमका आधारमा बजेट दिने ब्यवस्था गरिने – सदस्य–सचिव

योजना र कार्यक्रमका आधारमा बजेट दिने ब्यवस्था गरिने – सदस्य–सचिव

जोईन खबर

२०, चैत्र २०८०
  • 781
    SHARES
  • योजना र कार्यक्रमका आधारमा बजेट दिने ब्यवस्था गरिने – सदस्य–सचिव

    २० चैत काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघलाई उनीहरुको कार्यक्रम र योजनाका आधारमा बजेट दिने ब्यवस्था गरिने बताउनुभएको छ ।काठमाडौँमा मंगलबार आयोजित ‘खेलकुदमा योजना र बजेट कस्तो ?’ भन्ने विषयक खेलकुद पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आगामी बजेटमा खेल संघको कार्यक्रम र पेश गरेको योजनाका आधारमा बजेटमै अनुदानको ब्यवस्था गरिने बताए ।

    images

    उनले खेलकुदले पाएको बजेटलाई प्राथमिकताका आधारमा खर्च गरिने पनि बताए ।राखेपले दुई सय नौ मा रहेको खेल संघको संख्यालाई ६१ मा घटाइएको छ । बजेट विनियोजनको हिसाबले पनि पदक र राष्ट्रिय महत्वका खेललाई ध्यान दिईनेछ । खेलकुदमा बजेट पर्याप्त नहुने र भएको बजेटलाई पनि खर्च गर्न नसकिने अवस्थालाई चिर्न आवश्यक छ,’’ उनले भने ।नेपालको कूल बजेट मध्ये खेलकुदले ०.१२ प्रतिशत बजेट पाउने र त्यसमा पनि ठूलो हिस्सा कर्मचारीको तलब भत्तामा जाने गरेको यथार्थ छ । राखेपले कर्णाली प्रदशेमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदलाई मुख्य प्राथमिकतामा राखेको र यसको अपनत्व प्रदेश स्वयंलाई दिन लागेको पनि सदस्य–सचिव घिसिङले बताए ।

    images
    images
    images

    राखेपले राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदान, विराटनगर र भरतपुरको मैदानलाई छिटो सम्पन्न गरिसक्ने योजनाका साथ अगाडि बढेको सदस्य–सचिव घिसिङले जानकारी दिए ।बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीको सुझाव लिँदै सदस्य– सचिव घिसिङले राखेपले भौतिक पूर्वाधार निर्माण, पुनर्निर्माण, खेलाडी पलायन, खेलाडी र प्रशिक्षकलाई प्रविधियुक्त प्रशिक्षण तथा तयारीको ब्यवस्था, राष्ट्रिय टोलीको चुस्त तयारी, खेल जीवनपछि खेलाडीले पाउने सुविधा, पुरस्कार जस्ता विषयमा बजेटमा ध्यान दिईने पनि प्रतिबद्धता व्यक्त गरे ।

    सहभागी सञ्चारकर्मीले काम गर्नु सक्ने गरी कार्यक्रम तर्जुमा गर्नु, १० औं राष्ट्रिय खेलकुदलाई बजेटमा प्राथमिकता दिनु पर्ने, खेलाडी पलायन हुने अवस्थलाई अन्त्य गर्ने गरी योजना बनाउनु पर्ने, राखेपको गतिविधिलाई प्रविधियुक्त बनाउनु पर्नेलगायतका सुझाव दिएका थिए । राखेपले यसअघि बजेट सम्बन्धमा खेल संघका पदाधिकारीसँग पनि छलफल गरेको थियो । 

    प्रकाशित मिति :चैत्र २०, २०८० मंगलवार - २१:३३:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको