२१ चैत काठमाडौँ एकदिवसीय अभ्यास खेलमा । नेपाल ए आयरल्यान्ड ए सँग २१ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भएको थियो । १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा अल आउट हो ।
नेपालका साहब आलमले ३७ रन, देव खनालले २६ रन,नेपालका ओपनर अर्जुन कुमाल र देव खनालको साझेदारी ३५ रन जोडेका थिए । यसै ओभरको अन्तिम बलमा अर्जुन कुमाल थर्डम्यानमा ९ रनमा क्याच आउट भए । नेपालको सिनियर टोलीका प्रमुख ब्याटर भीम सार्की शून्यमा एज लागेर अर्को ओभरमा क्याच आउट भए ।विनोद भण्डारी ९, अर्जुन साउद ४ र कमलसिंह ऐरी ६ रनमा आउट भएपछि नेपाल १२.१ ओभरमा ७८ रन को अवस्थामा पुगेको थियो ।
बसिर अहमदले २० रनमा आउट भए । साहब आउट भएपछि नेपाललाई जित्नलाई २३ रन चाहिएको थियो । मौशम र रिजन ढकालको रन लिनेक्रममा तालमेल नमिलेपछि मौशम रन आउट भएका थिए ।आयरल्यान्ड ए का म्याथ्यु हम्फ्रेजले ३२ रन खर्चेर ५ विकेट लिए । लियाम म्याकार्थी २९ रन खर्चेर ४ विकेट लिए । त्यसअघि आयरल्यान्ड ए का केड कार्माइकलले ५१ रन बनाए । कप्तान निल रकले ३९ रन बनाए ।
ओपनर जेम्श म्याकुलम र स्टेफन डोहेनी १२र१२ रनमा आउट भए । पिटर मुरले २१ रन बनाए । नेपालका कमलसिंह ऐरीले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिएका हुन् ।दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।