Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दाङको देउखुरीमा बस दुर्घटना हुँदा २४ जना घाइते

दाङको देउखुरीमा बस दुर्घटना हुँदा २४ जना घाइते

जोईन खबर

२१, चैत्र २०८०
  • 904
    SHARES
  • दाङको देउखुरीमा बस दुर्घटना हुँदा २४ जना घाइते

    २१ चैत काठमाडौँ । दाङको देउखुरीमा बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्गको सडक खण्डको लमही नगरपालिका–३ वनगाउँमा बुटवलबाट सुर्खेत जाँदै गरेको लु१ख ७३६३ नम्बरको बस र तुल्सीपुरबाट बुटवल आउँदै गरेको रा१ख २५८१ नम्बरको बस बुधबार एकापसमा ठोक्किँएर दुर्घटना हुदा २४ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए ।

    images

    उक्त दुर्घटनामा घाइतेमध्ये ७ जनालाई थप उपचारका लागि बाहिर रिफर गरिएको छ भने केहीको लमही अस्पतालमा उपचार भइरहेको र दुर्घटनामा दुवै बसमा सवार रहेका केही यात्रु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    घाइते हुनेमा घोराहीका ५० वर्षीय विनोद पौडेल, राप्ती–१ का  ८२ वर्षीय हुम बहादुर राना, राप्ती – २ लालमटियाका ७८ वर्षिया चन्द्र कमला थापा,  वर्ष ४७ का घनश्याम थापा,रुपन्देही देवदह – ४ का ६३ वर्षीय  रुद्र प्रसाद पौडेल,  रुपन्देही  सैनामैना –४ का ५७ वर्षीय तुलावीर विष्ट, शुद्दोधन गाउँपालिका– ३ का सृष्टि खनाल, सोही ठाउँ निवासी ५ वर्षिया अंशु नेपाल, बुटवल उपमहानगरपालिका– १० निवासी ४२ वर्षिया पार्वती अर्याल, रोल्पा जिल्ला थवाङ्ग गाउँपालेका–३ निवासी ३१ वर्षीय दीपेन्द्र बुढा मगर कपिलवस्तु जिल्ला इमिलिया निवासी ३४ वर्षीय टिका विक, सोही ठाउँ निवासी ९ वर्षीय  निर्मल विक, कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका– १ निवासी ६२ वर्षीय थम्मन विष्ट, गढवा गाउँपालिका– २ पचाहिया निवासी ३८ वर्षीय लक्ष्मन थारु, जिल्ला डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–२ निवासी विश्व कुमारी थापा, लगायत घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता जनक बहादुर मल्लले जानकारी दिए।

    रा१ख २५८१ नम्बरको बस चालक गढवा गाउँपालिका– २ पचहिया निवासी वर्ष ३८ का लक्ष्मन थारु, राप्ती गाउँपालिका– २ लालमटिया निवासी ७८ वर्षिया चन्द्र कमला थापा र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ ।उनीहरूलाई लमही अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।  

     

    प्रकाशित मिति :चैत्र २१, २०८० बुधवार - १६:३०:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको