Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले दियो गुजरातलाई जितको लागि १८२ रन विशाल लक्ष्य  

नेपालले दियो गुजरातलाई जितको लागि १८२ रन विशाल लक्ष्य  

जोईन खबर

२१, चैत्र २०८०
  • 748
    SHARES
  • नेपालले दियो गुजरातलाई जितको लागि १८२ रन विशाल लक्ष्य  

    २१ चैत काठमाडौँ । नेपालले एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको चौथो खेलमा जितको लागि गुजरातविरुद्ध  १८२ रन  विशाल लक्ष्य दिएको छ । नेपालल आजकोे चौथो खेलमा  टस हारेर पहिलो ब्याटिङ गरेको  नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन  बनाएको छ ।नेपालका लागि ओपनर आशिफ शेखले   ५१ बलमा ८५ रन बनाएका हुन् । उ थिए ।

    images

    नेपालले पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेख मिलेर १२५ रनको साझेदारी गरेसंगै कुशलल ६७ रन बनाएर १४औं ओभरमा आउट भएका थिए । यी दुई बाहेक अन्य कुनै खेलाडीले पनि दोहोरो अंक पुर्याउन सकेनन् ।

    images
    images
    images

    तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित कुमार पौडेलले ३ रन बनाएर १६औं ओभरमा आउट भएका थिए, भने  सन्दिप जोरा र कुशल मल्ल क्रमसः २ र १ रनमा आउट भए । त्यस पछि गुलशन झा ४ र अनिल कुमार शाहले शुन्य रन  आउट भएका हुन् ।

    गुजरातका लागि जयमित पटेलले ३ तथा ध्रुशान्त सोनी र आर्य देसाईले समान २.२ विकेट लिए ।आजको चौथो खेलमा नेपाली टोलीहरु रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, विवेक यादव, अनिल शाह, गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहरा मैदानमा खेलेका थिए । 

    प्रकाशित मिति :चैत्र २१, २०८० बुधवार - १७:००:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको