२२ चैत काठमाडाैँ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार सुनको मूल्य तोलामा १ लाख ३३ हजार रुपैयाँ थियो , भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ३३ हजार ३५० रुपैयाँ छ । आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।
आज चाँदीको मूल्य तोलामा १६ सय ५० रुपैयाँ कायम छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १६ सय १० रुपैयाँ थियो ।