२२ चैत काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले जापान पुगेर टोकियो युनिभर्सिटीको भूमिलाई ढोगेका छन् । केही दिन जापान भ्रमणमा रहेका अध्यक्ष राउतले जापान सरकारको मोनबुसो छात्रवृत्ति पाएर टोकियो युनिभर्सिटीबाट स्नातकोत्तर गरेका सीके राउत त्यहाँबाट फर्केपछि पहिलो पटक जापान भ्रमणमा गएका हुन् ।
१८ वर्षपछि जापान पुगेका उनीले आफू पढेको कलेजलाई ढोगेका थिए ।
उनी जापान उड्नुअघि आफ्नो फेसबुकमा लेखेका थिए, ‘किन हो किन मलाई एक पटक जापान गएर त्यो भूमिलाई, ‘सेन्सई’ लाई, साथीभाइहरूलाई धन्यवाद दिऊँ जस्तो लागिराखेको कुरा सामाजिक सञ्जला फेसबुकमार्फ पोष्ट गरेका थिए ।