Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गायक राजेश पायल राई र श्रीमती साङबुङ राईबिच सम्बन्धविच्छेद

गायक राजेश पायल राई र श्रीमती साङबुङ राईबिच सम्बन्धविच्छेद

जोईन खबर

२३, चैत्र २०८०
  • 766
    SHARES
  • गायक राजेश पायल राई र श्रीमती साङबुङ राईबिच  सम्बन्धविच्छेद

    २३ चैत काठमाडौँ । गायक राजेश पायल राईले श्रीमती साङबुङ राईसँग सम्बन्धविच्छेद गरेका छन् । उनीहरूले  सम्बन्धविच्छेद  काठमाडौं जिल्ला अदालतबाट  गरेका हुन् । 

    images

    राजेशले साङबुङलाई  सम्बन्धविच्छेद  गर्ने क्रममा काठमाडौंको नक्सालमा रहेको करिब पाँच करोड रुपैयाँ मूल्य पर्ने तीनतल्ले घर र पचास लाख रुपैयाँ नगद दिएका छन् भने भविष्यमा पनि थप एक करोड रुपैयाँ दिने सम्झौता पनि गरेका छन् ।

    images
    images
    images

    काठमाडौंमा रहेको एउटा घडेरी पनि साङबुङलाई दिने सम्झौता गरिएको बताइएको छ । राजेशले यो सबै गर्दा श्रीमती साङबुङ राईलाइ अनुमानीत लगभग ६ करोड भन्दा बढीको सम्पत्ति दिने सम्झौता भएको छ ।

    गत वर्ष मात्रै काठमाडौं महानगरपालिका–३१ बाट विवाह दर्ता प्रमाणपत्र लिएका थिए । उनीहरूको  सम्बन्धविच्छेद पछि एउटा  दुई वर्षको छोरा आमासँग बस्नेछन् भने राजेशले छोराको पढाइको खर्च साथै भरणपोषणका लागि छुट्टै मासिक १५ हजार रूपैयाँ साङबुङलाई उपलब्ध गराउने छन् ।

    प्रकाशित मिति :चैत्र २३, २०८० शुक्रवार - ११:३४:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको