२३ चैत काठमाडौँ । सुनसरीमा दुई समूहबिचको झडपमा हुदा ४ जना घाइते भएका छन् । सुनसरीको भुटाहामा झडप नियन्त्रण गर्न प्रहरीले ३१ राउन्ड हवाई फायर गरेको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिम्सिनाले जानकारी दिए ।
झडपमा ढुङ्गा लागेर हरिनगराका ४ जना स्थानीय घाइते भए , भने घाइते तीन जनाको विराटनगरमा र एक जनाको इनरुवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको थियो ।
सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेला जम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन उल्लेख छ ।सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो ।