२३ चैत काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई आज शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि महराले ४८ सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेस गरेका थिए । महरालाई आगामी आइतबार दिउँसो १ बजे मुख्यमन्त्री पदको शपथ ग्रहण गराइने छ ।