२४ चैत काठमाडौँ । ललितपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आज बिहान आगलागी हुदाँ एक जना पुरुष मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका जलेको अवस्थामा शव फेला परेको छ ।
जसका कारण शवको पहिचान खुल्न सकेको छैन ।यसका सञ्चालक कृष्ण लेत्फे र भीम लेत्फे रहेको प्रहरीले जनाएको छ । विद्युत् शर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।