२५ चैत काठमाडौँ । एसएमएस फ्रेन्डशिप कपको उपाधिका लागि नेपाल आज गुजरातसँग भिडदै छ । फाइनल खेल आज दिउँसो नेपाली समय अनुसार १ः१५ बजे शुरू हुनेछ। त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरात फाइनलमा पुगेका हुन्।
नेपाल चारमध्ये तीन खेल जितेर शीर्षस्थानमा रहादै फाइनलमा पुगेको हो। त्यस्तै, गुजरात चारमध्ये दुई खेल जितेर चार अंक सहित दोस्रो स्थानमा रहेर फाइनलमा प्रवेश गरेको थियो। बरोदाले भने चारमध्ये एक खेल मात्रै जितेको थियो।
अर्को सातादेखि ओमनमा हुने एसीसी प्रिमियर कप टी(२० प्रतियोगिता हुँदै छ। त्यसको तयारीका लागि नेपाली टोली भारत भ्रमणमा गएको हो।प्रिमियर कपको विजेता टोलीले एशिया कप खेल्न पाउनेछ। एशिया कपअघि आईसीसी टी-२० विश्वकप हुँदै छ।